पहिरोमा पुरिएर एक जनाको ज्यान गयो

शनिबार, ३० साउन, २०७८
डिजिटल संस्करण

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ ।

पाणिनी गाउँपालिका–५ मैदानमा खसेको पहिरोमा परि धातिवाङ घर भएका अन्दाजी ४५ वर्षका मानबहादुर सुनारको ज्यान गएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।

स्थानीय मेघराज घिमिरेको घरमा प्लास्टर गर्ने क्रममा शुक्रबार   बेलुका ५ बजेतिर घरमाथिबाट आएको पहिरोमा पुरिएका हुन् । 

See More On

सुझावित समाचार