ब्रिटिस गोर्खा सैनिकको आन्दोलनबारे सर्वोच्चमा रिट, आइतबार तोकियो पेसी

शुक्रबार, २९ साउन, २०७८
डिजिटल संस्करण

बेलायतमा जारी ब्रिटिस गोर्खा सैनिकको आन्दोलनबारे सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। सरकारले उचित पहल नगर्दा पूर्वगोर्खा सैनिक र उनीहरूका परिवारले बेलायतीसरहको सेवा–सुविधा पाउन नसकेको भन्दै अधिवक्ता सञ्जय अधिकारी, ब्रिटिस गोर्खा संयुक्त संघर्ष समिति युके नेपालका संयोजक लालबहादुर घिसिङ र सहसंयोजक बिमबहादुर लिम्बूले सर्वोच्चमा रिट दर्ता गराएका हुन्।

रिटमा नेपाल सरकारले देखाउँदै आएको मौनताका कारण पूर्वगोर्खा सैनिक र उनीहरूका परिवार बेलायतमा अनशन बस्न बाध्य भएको जिकिर गरिएको छ। रिट शुक्रबार दर्ता भएको र आइतबारका लागि पेसी तोकिएको सर्वोच्चले जनाएको छ।

सुझावित समाचार