नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले विशेष महाधिवेशन र महाधिवेशनको म्याद थप मान्य नहुने धारणा राखेका छन्। उनले नियमित अधिवेशनको विकल्प नरहेको भन्दै क्रियाशील सदस्यता विवाद रहेको स्थानमा १३औँ महाधिवेशनका क्रियाशील सदस्यतालाई आधार मानेर महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका हुन्।
बुढानीलकण्ठमा जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले कांग्रेसको महाधिवेशनले समग्र मुलुकको भविष्य निर्धारण गर्ने बताए। बैठकमा धारणा राख्दै उनले सरकारका सामु धेरै चुनौती रहेको बताए।