स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ९७ लाख खोप नेपाल आएको बताएका छन्। उनले असोजसम्म एक करोड आठ लाख खोप प्राप्त हुने सुनिश्चितता भएको प्रतिनिधिसभामा जानकारी दिए। यो खोप ३३ प्रतिशत नागरिकलाई लगाउने उनले बताए।
नयाँ सरकारले ७५ लाख खोप लगाएको उनले जानकारी दिए। प्रत्येक दिन एक लाख ५० हजारदेखि दुई लाख खोप लगाउने थालिएको उनको भनाइ थियो।
जनघनत्वको आधारमा खोपलाई प्राथमिकतामा राखिएको उनले बताए । उनले सरकार कोरोनाको तेस्रो लहरको तयारीमा जुटेको बताए।