‘ग्ल्यामरस’ लारा ‘बेल बटम’मा यसरी बनिन् इन्दिरा गान्धी

बिहिबार, २८ साउन, २०७८
डिजिटल संस्करण

फिल्म ‘बेल बटम’मा अभिनेत्री लारा दत्ता इन्दिरा गान्धीको लुक्समा देखिएकी छिन्। उनको यो रूपको निकै चर्चा भइरहेको छ। जब फिल्मको ट्रेलर रिलिज भयो इन्दिराको रूपमा देखिएकी लारालाई चिन्नसमेत मुस्किल भयो।

लारालाई यो लुक्समा देखाउने मेकप आर्टिस्ट हुन् प्रशान्त डोइफोडे। लारालाई इन्दिरा गान्धीको जस्तो रूप दिन उनलाई एउटा मुस्किलजस्तै भएको थियो। तर, विभिन्न प्रयोग गर्दा यो सम्भव हुने उनले देखे। लारालाई इन्दिरा गान्धीको लुक्समा तयार पार्न ३५ दिन लामो समय लाग्यो।

उनले सबैभन्दा पहिला इन्दिरा गान्धी र लाराको अनुहारको तुलना गरेर हेरे। त्यसपछि उनी लाराको घर पुगेर थ्री डी कास्टिङ देखाए। कसैको प्रोस्थेटिक लुक्स तयार पार्नका लागि थ्री डी कास्टिङ पहिलो स्टेप हो। 

लाराको सुटिङ पहिला दुई ट्रायल गरिएको थियो। पहिलोपटक कम्प्लिट लुक्स ट्रायल भएको थियो। पहिलो ट्रायलमा देखिएका कमजोरी सच्याउँदै गरिएको दोस्रो ट्रायल निर्देशकले पास गरेका थिए।

लाराको यो मेकअपका लागि दैनिक तीन घन्टा लाग्ने गरेको प्रशान्तले बताएका छन्। सुटिङ सकिएपछि मेकअप निकाल्न पनि डेढ घन्टा लाग्ने गरेको उनले बताए। यो मेकपका साथ सुटिङ गर्न पनि उस्तै कठिनाइ लारालाई भएको थियो। प्रोस्थेटिक नाक लगाउँदा पसिना आएको अवस्था र नाक चिलाएमा निकै कठिनाइ हुने गरेको थियो।
 

सुझावित समाचार