मन्त्रीको प्रतिबद्धता : गण्डकीमा आगामी असोजसम्म ८० प्रतिशत नागरिकलाई खोप लगाउँछौँ

बुधबार, २७ साउन, २०७८
डिजिटल संस्करण

गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङले आगामी असोजसम्म गण्डकीका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने प्रतिबद्धता जनाएकी छिन् ।

प्रदेश संगठन नेपाल बाग्लुङ शाखाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले आउँदो असोजसम्म १८ वर्षमाथिका ८० प्रतिशत नागरिकलाई खोप लगाउन सकिने बताएकी हुन् । उनले संघीय सरकारबाट खोप उपलब्ध हुने र प्रदेश सरकारले व्यवस्थापन गरेर सबै जिल्लाका नागरिकलाई खोप पुर्याउने बताइन् । मन्त्री अधिकारीले खोपलाई उमेर समूहका आधारमा व्यवस्थित गरिने बताइन् । 

कोरोनाको तेस्रो लहरलाई लक्षित गरेर प्रदेश सरकारले सबै अस्पतालमा आइशोलेसन सेन्टर बनाउने र आवश्यक व्यवस्थापन गर्न सबैमा आग्रह गरिएको बताइन् । ‘तेस्रो भेरियन्ट सुरु हुने र बालबच्चाहरूमा केन्द्रित हुने विशेषज्ञहरूले बताएका छन् । मन्त्री अधिकारीले भनिन्, ‘बालबालिकालाई कोरोनाबाट जोगाउन यसअघि नै सबै अस्पतालमा आइशोलेसन तयार गर्न भनिसकेका छाै‌ँ । तेस्रो लहरबाट सजग हुनका लागि गण्डकी प्रदेश सरकार पूर्वतयारीमा लागेको छ । बालबालिकाका लागि लक्षित गरेर अस्पतालहरूमा चारवटा एनआइसियू बेड हुनुपर्छ भनेर काम गरिरहेको उनले बताइन् । 

मन्त्री अधिकारीले गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेहरूको परिवारलाई ५० हजार रुपैयाँ दिने निर्णय गरिएको बताएकी छिन् ।  
 

See More On

सुझावित समाचार