झन्डै एक करोड रुपैयाँसहित हुन्डी कारोबारमा संलग्‍न चार पक्राउ

मंगलबार, २६ साउन, २०७८
डिजिटल संस्करण

प्रहरीले हुन्डी कारोबारमा संलग्न चार अभियुक्तलाई ९१ लाख ९६ हजार रुपैयाँसहित पक्राउ गरेको छ । पक्राउ पर्ने ताहचलका ५३ वर्षीय तरुण अग्रवाल, तनहुँ भिमाद- १ का २५ वर्षीय नितेश श्रेष्ठ, रामेछाप देउराली- २ का  २९ वर्षीय  नरबहादुर खड्का र जोरपाटीका ३४ वर्षीय  अर्जुन चौलागाईं रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएकाे प्रहरी टोलीले उनीहरूलाई गणबहालबाट पक्राउ गरेको हो । हुन्डी कारोबार भइरहेको विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार तनुज इन्टरप्राइजेज प्रालिका नाममा उनीहरूले हुन्डी कारोबार गर्दै आएका थिए ।

सुझावित समाचार