गठबन्धन सरकारको प्राथमिकतामा अघिल्लो सरकारले गरेका कामहरू मेटाउने रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले बताएका छन् । प्रतिनिधिसभालाई सम्बोधन गर्दै मंगलबार ओलीले यस्तो बताएका हुन् ।
‘कविता लेख्नेले लेखेछन्। गीत गाउनेले पनि गाएछन् कि के हो । ...भत्काइदेऊ ओली याद आउने चिजहररू, यही होइन सरकारको प्राथमिकता ?’ उनले भने, ‘स्वास्थ्य सामग्री खरिदबारे छानबिन गर्ने भन्नुभएको रहेछ, अलि अगाडिदेखि छानबिन गर्नुस् है, कतिपय कुराहरू भुलभुलैयाका कुराहरू राखिएका छन् ।’