देउवालाई ओलीको प्रश्न– बिर्सनुभयो कि के हो ? एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू ?

मंगलबार, २६ साउन, २०७८
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमसिसीको विषय आमनागरिकले जान्न चाहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा बोल्दै अध्यक्ष ओलीले यसलाई सरकारले कसरी अगाडि बढाउन चाहेको छ भनेर जान्न चाहेका हुन् । 

ओलीले भने, ‘एमसिसीको बारेमा त सरकारको साझा न्यूनतम कार्यक्रममा पनि केही समेटिएन । एमसिसी बिर्सनुभयो कि केहो ?  मैले त कतै देखिनँ त । नेपाली जनताले जान्न चाहेको छ, एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू ?’

सुझावित समाचार