ओलीको कटाक्ष- चार मन्त्री लिएर हिँड्नुभएको छ, भोटोको फेर समातेर नाच्दानाच्दै समय जाने भयो

मंगलबार, २६ साउन, २०७८
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रतिपक्षलाई सत्तोसराप र धम्क्याएर कस्तो राष्ट्रिय सहमति गरेको भन्दै प्रश्न गरेका छन्। मंगलबार प्रतिनिधिसभामा बोल्दै अध्यक्ष ओलीले गठबन्धनले राम्रो संकेत नदेखाएकोसमेत प्रस्ट पारे।

उनले भने, ‘एक महिनाको समय खेर गएको छ। बहुत राम्रो गठजोड छ तपाईंहरूको, चारजना मन्त्री लिएर हिँड्नुभएको छ। भोटोको फेर समातेर नाच्दानाच्दै समय जाने भयो तपाईंहरूको, मलाई त माया लाग्छ। लक्षण राम्रो छैन ।’

त्यस्तै, ओलीले सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिप्रति लक्षित गर्दै धम्क्याएको टिप्पणीसमेत गरेका छन् । ‘सरकार नयाँ बन्नेबित्तिकै सरकार पक्षकाले म आगो हुँ भनेर धम्क्याए । उहाँले विगतमा देशमा लगाएको आगो थाहा छ । उहाँ आगो हो थाहा छ। एक–दुई बाल्टीले आगो निभाएको सम्झनुपर्छ,’ ओलीले भने ।

सुझावित समाचार