मैलुङ खोला जलविद्युतको आइपिओ बाँडफाँट

मंगलबार, २६ साउन, २०७८
डिजिटल संस्करण

मैलुङ खोला जलविद्युत् कम्पनीको प्राथमिक सेयर (आइपिओ) आज बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले मंगलबार सेयर बाँडफाँट गरेको हो।  मैलुङ खोलाको आइपिओका लागि २० लाख ६७ हजार नाै सय ६७ जनाले आवेदन दिएका थिए।

आवेदक ६८ हजार चार सय ७४ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने ६ जनाले ११ कित्ता सेयर प्राप्त गरेका छन्। आवेदकमध्ये दुई हजार आठ सय ४३  जनाको आवेदन रद्द भएको थियो।

मैलुङ खोलाले साउन १४ देखि प्रतिसेयर १०० अंकित मूल्यका सात लाख ३६ हजार दुई सय ८६ कित्ता सेयर निष्कासनमा ल्याएको थियो।

See More On

सुझावित समाचार