दाहाल यज्ञनिधि स्मृतिमा दुर्गममा शैक्षिक सामग्री सहयोग

मंगलबार, २६ साउन, २०७८
डिजिटल संस्करण

साहित्यकार एवं वरिष्ठ रेडियोकर्मी दाहाल यज्ञनिधि स्मृति दिवसको अवसरमा दुर्गमका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको छ ।  दाहाल यज्ञनिधि तेस्रो स्मृति  दिवसको अवसरमा हुम्लाका १५ जना गरिब विपन्न, न्यून आर्य स्राेत भएका बालबालिकालाई हस्तान्तरण गरिएको हो ।  

मिर्गौला प्रत्यारोपणपछि नियमित डायलाइसिसका २३ वर्ष बिताएका साहित्यकार एवं वरिष्ठ रेडियोकर्मी दाहाल यज्ञनिधिको यो तेस्रो स्मृति दिवस हो । गरिब, विपन्न तथा न्यून आर्य स्राेत भएका १५ जना बालबालिकालाई सिमकोट गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षको रोहवरमा हस्तान्तरण गरेको यज्ञनिधि स्मृति समारोह समितिका सहजकर्ता धर्मानन्द लामाले जानकारी दिए । 

शैक्षिक सामग्री सिमकोट गाउँपालिकाका  अध्यक्ष पदमबहादुर लामा, उपाध्यक्ष बलि रावत, कैलाश माध्यामिक विद्यालयका प्रधानाध्यापक मेजबहादुर बुढालगायतको हातबाट बालबालिकालाई दिएको लामाले बताए । 

सुझावित समाचार