खोलाले बगाउँदा आमाछोराको मृत्युु

मंगलबार, २६ साउन, २०७८
डिजिटल संस्करण

दाङमा ग्वारखोलाले बगाउँदा आमाछोराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार  सोमबार दिउँसो २ बजेतिर  ग्वारखोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका– ४ सिम्लेनीनिवासी ३५ वर्षीया अमृता घर्ती र उनका दुई वर्षीय  छोरा रुद्र घर्तीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालका अनुसार  सिम्लेनीबाट पतेनी जाँदै गर्दा ग्वारखोलाको पतेनीघाट तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएका उनीहरूको शव दुई किलोमिटर तल भेटिएको थियो ।

See More On

सुझावित समाचार