प्रवेशपत्रका आधारमा विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन माग

सोमबार, २५ साउन, २०७८
डिजिटल संस्करण

विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन माग गर्दै विद्यार्थी संगठनहरूले स्वास्थ्य मन्त्रालयलाई संयुक्त ज्ञापनपत्र बुझाएका छन् । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटाैँले खोपको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन्। 

कोरोना महमारीका वेलामा पनि त्रिभुवन विश्वविद्यालयअन्तर्गतका परीक्षाहरू सञ्चालन भइरहेकोले विद्यार्थी संगठनले विद्यार्थीलाई खोप लगाउन माग गरेका छन्। हाल त्रिविअन्तर्गतका परीक्षाहरू सञ्चालन भइरहेका छन्। 

तर, धेरैजसो विद्यार्थीले कोरोनाविरुद्धको खोप नलगाएका कारण जोखिम बढ्ने देखिएको छ। परीक्षा सञ्चालन गर्दा जोखिम बढेकोले प्रवेशपत्रका आधारमा सबै विद्यार्थीलाई कोभिड भ्याक्सिनको व्यवस्था गर्न विद्यार्थी संगठनको माग छ। विद्यार्थीलाई खोप लगाएर रोकिएका सबै परीक्षा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराइएको हो।
 

See More On

सुझावित समाचार