एमाले केन्द्रीय* कमिटी बैठक सर्‍यो

शनिबार, २३ साउन, २०७८
डिजिटल संस्करण
एमाले केन्द्रीय* कमिटी बैठक सर्‍यो

फाइल तस्बिर

प्रमुख प्रतिपक्षी दल एमालेको केन्द्रीय* कमिटी बैठक आइतबार नबस्ने भएको छ । अध्यक्ष केपी ओली पक्षले आइतबारका लागि डाकेको बैठक एक दिन सरेको हो । 

आन्तरिक गृहकार्य र पार्टी एकतालगायत विषयमा थप छलफल गर्नुपरेकाले बैठक सारिएको कार्यालय सचिव शेरबहादुर तामाङले बताए । 

तुलसीलाल स्मृति भवनमा सोमबार सुरुमा स्थायी कमिटी र त्यसपछि केन्द्रीय कमिटी बैठक बस्ने तामाङले जानकारी दिए । बिहान ११ बजे स्थायी कमिटी र दिउँसो ३ बजे केन्द्रीय कमिटी बैठक बस्ने उनले बताए । 

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले केन्द्रीय कमिटी बैठकबाट सम्मानजनक एकतामा जोड दिएपछि ओलीले बैठक बोलाएका हुन् । सदस्यता वितरणलगायतका काम रोक्न नेपाल पक्षले आग्रह गरेको छ । तर, ओली पक्षले भने सांगठनिक काम नरोकिने प्रतिक्रिया दिएको छ ।

ओलीले बोलाएको बैठकमा नेपाल पक्ष अनुपस्थित रहँदै आएको छ ।

सुझावित समाचार