बालाजु औद्योगिक क्षेत्रभित्रको नेविको बिस्कुट कारखानामा आगलागी

शनिबार, २३ साउन, २०७८
डिजिटल संस्करण
बालाजु औद्योगिक क्षेत्रभित्रको नेविको बिस्कुट कारखानामा आगलागी

तस्बिर : गौरी देवकोटा

काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट कारखानामा आगलागी भएको छ । आज बिहान २ बजेदेखि आगालागी भए पनि अहिलेसम्म आगालागी नियन्त्रणमा आइसकेको छैन ।

आगलागी नियन्त्रणमा लिनका लागि दमकल र हेलिकोप्टरको प्रयोग गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । क्षेत्रफल ठूलो भएकाले चारैतिरबाट आगो निभाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ । आगलागी के कारणले भयो भन्नेबारेमा अनुसन्धान भइरहेको छ ।     

See More On

सुझावित समाचार