उपेन्द्र पक्षले गरेको घातको जवाफ जनताले दिन्छन् : महन्थ ठाकुर

शुक्रबार, २२ साउन, २०७८
डिजिटल संस्करण

आधिकारिकता गुमाएका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र पक्षले गरेको घातको जवाफ जनताले दिने बताएका छन् । 

शुक्रबार महोत्तरीमा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ठाकुरले दलभित्र अल्पमत र बहुमतको चक्र चलिरहने हुनाले आज एउटाको बहुमत भए भोलि अर्काेको बहुमत हुने बताए । उनले आफूहरू अर्को दलको तयारीमा नरहेको र जसपा आफूहरूको दल भएकोले यसलाई अझ मजबुत बनाउनतिर लाग्ने बताए । 

उनले  मधेस र मधेसी जनताको मुद्दामा आफूहरूको संघर्ष जारी रहेको बताएका छन् । मधेस र मधेसी जनताका लागि जसपा लड्दै आएकाले आफूहरू सोही मुद्दामा संघर्षशील रहेको र मुद्दाबाट नभाग्ने बताए ।  उनले उपेन्द्र यादवले गद्दारीपूर्वक पार्टी हत्याउन खोजेको आरोप लगाए । 
 

सुझावित समाचार