हुम्लाको दुर्गम नेप्का गाउँ सञ्चारसँग जोडियो

बिहिबार, २१ साउन, २०७८
डिजिटल संस्करण
हुम्लाको दुर्गम नेप्का गाउँ सञ्चारसँग जोडियो

नेप्का  गाउँमा जडान गरिएको नेपाल टेलिकमको टावर

हुम्लाको चंखेली गाउँपालिका- ५ को दुर्गम नेप्का गाउँ सञ्चारसँग जोडिएको छ । सञ्चारसँग जोडिएपछि नेप्कावासीहरूको टेलिफोनमा कुराकानी गर्ने सपना पूरा भएको छ । 

सञ्चार सेवा नहुँदा यहाँका स्थानीयलाई एक दिनको पैदल हिँडेर चंखेली गाउँपालिकाको केन्द्रमा पुगेर आफन्तसँग फोन गर्नुपर्ने बाध्यता थियो । अब यो बाध्यता हटेपछि गाउँमा खुसी छाएको छ । 

दुर्गम गाउँमा फोन सेवा नहुँदा गाउँपालिका केन्द्र धाउनुपर्ने बाध्यता हटेको चंखेली गाउँपालिका– ५ का वडाध्यक्ष भैरव तामाङले बताए ।  गाउँमा टेलिफोन चल्न थालेपछि  स्थानीय खुसी भएको वडाध्यक्ष तामाङकाे भनाइ छ ।  

साउन महिनामा नेपाल टेलिकमले टावर जडान गरेपछि स्थानीयवासी घरघरबाटै आफन्तसँग कुरा गर्न थालेका छन् । स्थानीय दानबहादुर तामाङले खुसी हुँदै भने, ‘घरबाट आफन्तसँग कुरा गर्ने सपना लामो समयपछि पूरा भयो ।’

लामो प्रयासपछि बल्लतल्ल नेप्का गाउँमा नेपाल टेलिकमले आफ्नो सेवा विस्तार गरेको छ । टेलिकमले आफ्नो सेवा विस्तार गरेसँगै नेप्का गाउँका ६० घरधुरी  सञ्चारसँग जोडिएका छन् । 

See More On

सुझावित समाचार