माधव नेपालले बोलाएको केन्द्रीय कमिटी बैठकमा नजान केपी ओली पक्षको अपिल

बुधबार, २० साउन, २०७८
डिजिटल संस्करण

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बोलाएको बैठकमा सहभागी नहुन अध्यक्ष केपी ओली पक्षले अपिल गरेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बुधबार साँझ प्रेस वक्तव्य जारी गरी बिहीबार केन्द्रीय कमिटी बैठक नबोलाएको बताएका छन् । 

नेपालले पार्टी एकता र विपक्षी गठबन्धनका विषयमा आवश्यक निर्णय लिन बिहीबार केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । 

तामाङले वक्तव्यमा भनेका छन्, ‘पटक–पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन, पार्टी विधानविपरीत हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्यकर्ताहरूमा अपिल गर्दछु ।’

सुझावित समाचार