महालक्ष्मी विकास बैंक र सिद्धार्थनगर सिटी हस्पिटलबीच सम्झौता

मंगलबार, १९ साउन, २०७८
डिजिटल संस्करण

महालक्ष्मी विकास बैंक लिमिटेडले मोफसलमा रहेका आफ्ना ग्राहकहरूलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले भैरहवाको सिद्धार्थनगर सिटी हस्पिटलसँग छुटसम्बन्धी सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकलाई उपचार गराउँदा विभिन्न सेवा शुल्कहरूमा छुट पाउने सम्झौता गरेको हो । 

सम्झौताअनुसार बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले ओपिडी टिकट, ल्याब सेवा, एक्स–रे तथा भिडियो एक्स–रे सेवा र इसिजी तथा इको सेवामा अधिकतम १० प्रतिशत छुट पाउने जनाइएको छ ।

यसका साथै बेड चार्जमा ५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ । सम्झौतामा अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका थिए ।   

देशभर १ सय ३ शाखाबाट सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न डिजिटल बैंकिङलाई प्रोत्साहन दिँदै आएको जनाएको छ ।

सुझावित समाचार