लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले लागुऔषध कोकिनको कारोबार गर्ने नाैजनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । ब्युरोले पत्रकार सम्मेलन गर्दै सोमबार राजधानीको विभिन्न स्थानबाट पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो ।
उनीहरूको साथबाट कोकिन १ केजी ५१२ ग्राम, चरेस २५ ग्राम, गाँजा नाै ग्राम, गाँजा तान्ने सोली २३ वटा, डिजिटल तराजु दुई थान र नगद रु. सात लाख ८८ हजार पाँच सय ७५ बरामद गरेको बताएको छ । बरामद भएको कोकिनको बजारमूल्य करिब चार करोड ५३ लाख ६० हजारबराबर रहेको बताइएको छ । प्रहरीले पकनाजोलमा रहेको एक होटेलमा अवैध लागुऔषध कोकिनको कारोबार भइरहेको सूचनाको आधारमा छापा मार्दा कारोबारमा संलग्न चारजना व्यक्ति र कोकिन पाँच सय ग्राम फेला पारेको थियो ।