सिंहदरबारस्थित सबै कार्यालयहरूको खाता सरकारी बैंकमा सञ्चालन गर्न छलफल

आइतबार, १७ साउन, २०७८
डिजिटल संस्करण

सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरबारस्थित सबै कार्यालयहरूको सरकारी खाता राष्ट्रिय वाणिज्य बैंकमा सञ्चालन गर्ने सन्दर्भमा बैंकका सिइओलगायतसँग छलफल गरेका छन् । आइतबार सभामुखले लामो समयदेखिको प्रयासस्वरूप सरकारी स्वामित्वको बैंकमार्फत खाताहरू व्यवस्थित गर्न छलफल बोलाएका हुन् ।

उक्त छलफलमा बैंकका सिइओ किरणकुमार श्रेष्ठले देशभर सातवटै प्रदेश ७७ जिल्लामा दुई सय ७४ शाखा सञ्चालन भइरहेको, दुई सय ५० अर्बभन्दा बढी डिपोजिट रहेको र एक सय ८० अर्बभन्दा बढी क्रेडिट रहेको अग्रणी बैंक भएको बैंकिङ सेवाका सबै सेवाहरू बैंकले प्रदान गरिरहेको बताए । उनले सरकारको निर्णयलाई अवसरको रूपमा लिई बैंकले कार्ययोजना बनाई आवश्यक जनशक्ति र प्रविधिको व्यवस्थापन गरी अन्य बैंकभन्दा राम्रो सेवा दिनेसमेत प्रतिबद्धता जनाए ।

सुझावित समाचार