प्राविधिक कुरा गरेर एकतालाई सघाउँदैन : महासचिव पोखरेल

आइतबार, १७ साउन, २०७८
डिजिटल संस्करण

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सम्भव भएका साथीहरू एकताबद्ध भएर जाने विषयमा संकीर्ण हुन नहुने बताएका छन्। एमाले स्थायी कमिटी बैठकपछि ०७५ जेठ २ को समयको संगठनअनुसार एकताबद्ध हुन साथीहरू आउने विश्वास व्यक्त गरे।

यस्तै बैठकले भदौ २७ र २८ गते हुने विधान महाधिवेशन अगाडि सदस्यता नवीकरणको काम सक्ने निर्णय गरेको छ। यस्तै असोज ३ गते वडा तहको र असोज ९ गते पालिका तहका अधिवेशन गरिसक्ने भएको छ। 

यस्तै, विधान अधिवेशनबारे तयारी गर्न साउन २४ गते केन्द्रीय कमिटी बस्ने निर्णय गरेको छ। बैठकमा पार्टी एकताका प्रयासबारे विघटित कार्यदलका सदस्यहरूले जानकारी गराएका थिए।  बाहिर रहेका साथीहरूलाई एकताबद्ध बनाएर लैजानुपर्छ भन्ने कुरामा आफूहरू प्रतिबद्ध रहेकाे उनले बताए । दुई अध्यक्ष बनाउने भन्ने चर्चा चलिरहेको छ नि भन्न प्रश्नमा महासचिव पोखरेलले भने, ‘सबै कुरा पार्टीको विधानअनुसार हुने हो त्यसभन्दा बाहिर जान सकिँदैन। प्राविधिक कुरा गरेर एकतालाई सघाउँदैन।’ 

See More On

सुझावित समाचार