दार्चुला घटनाको छानबिन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

आइतबार, १७ साउन, २०७८
डिजिटल संस्करण

दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेकोबारे तत्काल अध्ययन तथा छानबिन गर्न प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबार बसेको बैठकले सरकारलाई उक्त निर्देशन दिएको हो ।

समितिको निर्णय सुनाउँदै सभापति पवित्रा निरौला खरेलले भनिन् 'दार्चुलामा तुइन तर्दै गर्दा भारतीय एसएसबीले तुइनको डोरी काटिदिएको भन्ने कुरा आएको छ । यसको तत्काल छानबिन गर्न सम्बन्धित मन्त्रालयलाई समिति निर्देश गर्दछ ।'

सुझावित समाचार