निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालत पुगेका छन्। निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि ठाकुर उक्त निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका हुन्।
निर्वाचन आयोगको निर्णयबाट आफू र पार्टीका सम्पूर्ण कार्यकर्ता अन्यायमा परेको उनकाे भनाइ छ। निर्वाचन आयोगले साउन ११ मा जसपाको आधिकारिकताका लागि ‘हेड काउन्ट’का लागि कार्यकारिणी सदस्यलाई बोलाएको थियो।
‘हेड काउन्ट’ रोक्नसमेत माग गर्दै ठाकुर साउन ८ गते सर्वोच्च पुगेका थिए। तर, सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेका थियो।
आयोगले गरेको सनाखतमा यादवको पक्षमा ३४ कार्यकारिणी सदस्य र ठकुरको पक्षमा १६ सदस्यले सनाखत गरेका थिए भने रेशम चौधरी तटस्थ बसेका थिए।
महन्थ ठाकुरले सर्वोच्च अदालतमा पेश गरेको निवेदन पत्र :