क्रियाशील सदस्यता विवाद समाधान गर्न कांग्रेस नेता छलफलमा

शुक्रबार, १५ साउन, २०७८
डिजिटल संस्करण

पार्टीभित्र देखिएको क्रियाशील सदस्यता विवाद समाधान गर्न नेपाली कांग्रेसका तीन नेता बैठकमा जुटेका छन्। सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेता छलफलमा जुटेका हुन्।  

यसअघि बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले पाँच दिनभित्र क्रियाशील सदस्यता विवाद हल गर्ने निर्णय गरेको थियो। सदस्यता छानबिन समितिले उक्त बैठकमा आफ्नो प्रतिवेदन बुझाएको थियो। समितिका सदस्य प्रदीप पौडेलले ९४ प्रतिशत क्रियाशील सदस्यता विवाद समाधान गरेको बताए।

कांग्रेसमा बारा र सप्तरीमा क्रियाशील सदस्ताबारे विवाद छ। यस्तै धनुषा, सर्लाही, सिन्धुपाल्चोक र रसुवाका केही क्षेत्र र वडामा सदस्यता विवाद छ।
 

सुझावित समाचार