फोन पेको उपहार योजना सार्वजनिक

शुक्रबार, १५ साउन, २०७८
डिजिटल संस्करण

फोन पे पेमेन्ट सर्भिस लिमिटेडले आफ्नो क्युआरमार्फत भुक्तानी लिने मर्चेन्टहरूलाई लक्षित गर्दै ‘आम्मामामा क्युआरमा उपहार, दिनदिनै एक लाख’ उपहार नामक योजना सार्वजनिक गरेको छ । कम्पनीले देशभरका व्यवसायीलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्ने उद्देश्यले यो योजना ल्याइएको हो ।

योजनाले फोन पेको नेटवर्कमा आबद्ध भइसकेका र आबद्ध हुन चाहने सबै व्यवसायलाई समेट्ने जनाइएको छ । योजनामा हरेक दिन क्युआरआर्फत भुक्तानी लिने व्यवसायीमध्ये १ जनाले १ लाख रुपैयाँ जित्ने जनाइएको छ । योजनामा फोन पेमार्फत भुक्तानी लिने देशभरका मर्चेन्टहरूको सहभागिता हुने कम्पनीले जनाएको छ । 

यस योजनामा सहभागी हुनका लागि फो नपे बिजनेसमा रजिस्ट्रर भएको हुनुपर्ने जनाइएको छ । त्यस्तै, उपहार योजनामा सहभागी हुनका लागि फोन पेमार्फत दैनिक भुक्तानी लिएको हुनुपर्ने सर्त राखिएको छ । 

योजनामा हरेक दिन बिहान १२ बजेदेखि राति ११:५९ सम्म कारोबार गर्ने सबै व्यवसायी सहभागी हुने जनाइएको छ । विजेता लक्की ड्रमार्फत छनोट गरिने र विजेताको घोषणा हरेक दिन साँझ ५ बजे फोन पे बिजिनेसको फेसबुक लाइभमार्फत  गरिने कम्पनीले जनाएको छ । यस योजनामा फोन पेमार्फत धेरैभन्दा धेरै कारोबार गर्ने व्यवसायीहरूले जित्ने सम्भावना बढी रहने जनाइएको छ । योजना साउन १३ देखि ३ महिनासम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

फोन पे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आबद्ध रहेको तथा ४ लाख ५० हजारभन्दा बढी मर्चेन्ट रहेको जनाइएको छ । १ करोड ३० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाखभन्दा बढी भुक्तानी सेवाप्रदायकका मोबाइल एप्समार्फत यसले सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । 

See More On

सुझावित समाचार