गुल्मीको मुसिकोटमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ। बुधबार चन्द्रकोट ४ शान्तिपुरबाट तम्घास छुटेको लु १ ज ४५५९ नम्बरको जिप मुसीकोट नगरपालिका ४ स्थित दोभान भन्ने स्थानमा दुर्घटनामा परेको थियो। मृतक मध्ये चन्द्रकोट गाउँपालिका ४ का तेजबहादुर थापा र चन्द्रकोट ५ का रेशम कार्की भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेय पुष्टि गरे।
अझै एक जना महिलाको सनाखत हुन सकेको छैन। घाइते ७ जनालाई उपचारको लागि तम्घास अस्पताल ल्याउने र मृतकको सनाखत गर्ने काम जारी रहेको पाण्डेयले जानकारी दिए । जिप सडकबाट ४ सय मिटर तल खसेको छ।