मुगु अस्पतालमा दुई वर्षदेखि सौर्यऊर्जा प्रयोगविहीन, मर्मतका लागि दाताको मुख ताक्दै

मंगलबार, १२ साउन, २०७८
डिजिटल संस्करण

कोरिया सरकारको आर्थिक सहयोगमा जिल्ला अस्पताल ठिनीमा दुई वर्षअघि तीन किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरिएको थियो । तर, सौर्य ऊर्जा जडान गरिएको केही समयमै चार्ज कन्ट्रोल जलेर बत्ती बल्न छाड्यो । अहिलेसम्म पनि मर्मत नहुँदा सोलार सिस्टम प्रयोगमा आउन सकेको छैन ।

गमगाढ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् पटकपटक अवरुद्ध हुने र अस्पतालको सौर्य ऊर्जा प्रयोगविहीन हुँदा भिडियो एक्सरे, दिसा–पिसाब, खकार, रगत परीक्षणलगायत सबैखाले परीक्षण प्रभावित हुने गरेको जिल्ला अस्पतालमा कार्यरत डा.डबल मल्लले बताए ।

कोरिया सरकारकै सहयोगमा अस्पतालमा आपत्कालीन रूपमा विद्युत् उत्पादन गर्न जडान गरिएको ६३ केभी क्षमताको जेनेरेटर पनि सञ्चालन गर्न कठिनाइ भएको छ । प्रतिदिन जेनेरेटर सञ्चालन गर्न आठ लिटर डिजेल खर्च हुने गरेको अस्पतालका सुरक्षागार्ड गगन शाहीले सुनाए । त्यसैले जेनेरेटर सञ्चालन नगरी राखिएको छ । अस्पतालमा दुई–दुईवटा वैकल्पिक विद्युतीय प्रविधि जडान गरिए पनि अस्पतालका सेवा दैनिक रूपमा प्रभावित हुने गरेका छन् । समय–समयमा विद्युत् आउने जाने हुँदा अस्पतालका अधिकांश सेवा सञ्चालनमा बाधा उत्पन्न भएको छ ।

जिल्ला स्वास्थ्यसेवा कार्यालयले पनि बिग्रिएको सौर्य ऊर्जा मर्मत गर्न ध्यान नदिएको स्वास्थ्यकर्मीको गुनासो छ । आन्तरिक स्रोत तथा सरोकारवाला पक्षसँग समन्वय गरी सौर्य ऊर्जा मर्मत गरी सञ्चालनमा ल्याउनुपर्ने भए पनि जिल्ला स्वास्थ्यसेवा कार्यालय कोरिया सरकारकै मुख ताकेर बसेको छ । 

बिग्रिएको सौर्य ऊर्जा मर्मतका लागि कोरिया सरकारसँग धेरैपटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको जिल्ला स्वास्थ्यसेवा कार्यालयकी निमित्त स्वास्थ्यसेवा व्यवस्थापक करुणा भट्टराईले जानकारी दिइन् । सौर्य ऊर्जा प्रयोगविहीन अवस्थामा रहँदा र पटकपटक बत्ती जाने आउने गर्दा अस्पतालका आकस्मिक तथा सामान्य सेवामा समस्या हुने गरेको उनको भनाइ छ । 

कोरिया सरकारको करिब सात करोड सहयोगमा युनिसेफमार्फत खरिद गरी अस्पताललाई बुझाएको अन्य स्वास्थ्य उपकरण पनि बिगिँ्रदै गएका छन् । कोरोना महामारीलाई लक्षित गरी प्रदेश सरकारको ४० लाखमा खरिद गरिएको अक्सिजन प्लान्ट मेसिन पनि थन्क्याएर राखिएको छ । 

कोरिया सरकारको २४ करोड सहयोगमा निर्माण गरिएको सुविधासम्पन्न अस्पताल भवन अहिलेसम्म जिल्ला स्वास्थ्यसेवा कार्यालयलाई हस्तान्तरण गरिएको छैन । अस्पताल भवन हस्तान्तरण नभए पनि दैनिक कामकाज गर्न सहजताका लागि स्वास्थ्यसेवा कार्यालयले नयाँ भवनमा एक वर्षअघिबाट सेवा दिँदै आएको छ ।

जिल्ला स्वास्थ्यसेवा कार्यालयले पनि बिग्रिएको सौर्य ऊर्जा मर्मत गर्न ध्यान नदिएको स्वास्थ्यकर्मीको गुनासो छ । आन्तरिक स्रोत तथा सरोकारवाला पक्षसँग समन्वय गरी सौर्य ऊर्जा मर्मत गरी सञ्चालनमा ल्याउनुपर्ने भए पनि जिल्ला स्वास्थ्यसेवा कार्यालय कोरिया सरकारकै मुख ताकेर बसेको छ । 

बिग्रिएको सौर्य ऊर्जा मर्मतका लागि कोरिया सरकारसँग धेरैपटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको जिल्ला स्वास्थ्यसेवा कार्यालयकी निमित्त स्वास्थ्यसेवा व्यवस्थापक करुणा भट्टराईले जानकारी दिइन् । सौर्य ऊर्जा प्रयोगविहीन अवस्थामा रहँदा र पटकपटक बत्ती जाने आउने गर्दा अस्पतालका आकस्मिक तथा सामान्य सेवामा समस्या हुने गरेको उनको भनाइ छ । 

कोरिया सरकारको करिब सात करोड सहयोगमा युनिसेफमार्फत खरिद गरी अस्पताललाई बुझाएको अन्य स्वास्थ्य उपकरण पनि बिग्रिँदै गएका छन् । कोरोना महामारीलाई लक्षित गरी प्रदेश सरकारको ४० लाखमा खरिद गरिएको अक्सिजन प्लान्ट मेसिन पनि थन्क्याएर राखिएको छ । 

सुझावित समाचार