प्रधानमन्त्री र प्रचण्डबीच भेट, मन्त्रिपरिषद् विस्तारबारे छलफल

मंगलबार, १२ साउन, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बिहान उनीहरूबीच भेट भएको हो। 

भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको थियो । प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री र प्रचण्डबीच सरकारका साझा कार्यक्रम सार्वजनिक गर्ने, सरकार सञ्चालनसम्बन्धी कार्यदल गठनबारे समेत छलफल भएको थियो।

सुझावित समाचार