नबिल बैंकले कर्जाका लागि अनलाइनबाटै आवेदन गर्न मिल्ने व्यवस्था सुरु गरेको छ । ग्राहकले बैंकको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्ने व्यवस्था सुरु गरेको हो ।
यो सुविधा बैंकलार्ई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्यअनुरूप गरिएको जनाइएको छ । ग्राहकले आफूले चाहेको समय, स्थान र उपकरणमा बैंकिङ सेवाहरूको प्रयोग गर्न सक्ने बैंकको भनाइ छ ।
बैंकले आधिकारिक वेबसाइटमार्फत ऋण कर्जाका लागि आवेदन दिने सीमित ग्राहकलाई सेवा शुल्कमा छुटको व्यवस्थासमेत गरेको छ । यो सुविधा ‘नबिल बैंक– गो डिजिटल प्रोग्राम, डिजिटल कारोबार आजको आवश्यकता’ अभियानअनुरूप रहेको बैंकको भनाइ छ । बैंकले देशभर १ सय ३५ शाखामार्फत सेवा दिइरहेको जनाएको छ ।