प्रशिक्षक अब्दुल्लाहको आरोपपछि एन्फा उपाध्यक्ष नेम्वाङ भन्छन्– ममाथि षड्यन्त्र भयो (भिडियोसहित)

आइतबार, १० साउन, २०७८
डिजिटल संस्करण

सामाजिक सञ्जालमा फुटबलका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरे पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आधिकारि रूपमा नआएको जनाएको छ। उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण राजीनामा दिन बाध्य भएको घोषणा गरेको सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। तर, उपाध्यक्ष नेम्वाङले आफूमाथि आक्षेप लगाउने षड्यन्त्र भएको प्रतिक्रिया दिएका छन्। 

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा आधिकारिक रूपमा नआएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले बताएको छ। आज प्रशिक्षक अल्मुताइरीले सामाजिक सञ्जाल फेसबुकबाट आफूले राजीनामा दिने बताएका थिए। तर, अखिल नेपाल फुटबल संघका प्रवक्ता किरण राईले आधिकारिक रूपमा प्रशिक्षकको राजीनामा नआएको बताए।

प्रवक्ता किरणका अनुसार प्रशिक्षक तनावमा रहेको र आराम गर्न चाहेको भन्दै एन्फामा पुगेको बताएका छन्। अल्मुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण राजीनामा दिन लागेको सामाजिक सञ्जालमा लेखेका छन्। 

तर, पंकज नेम्वाङले भने प्रशिक्षकको अभिव्यक्तिले आश्चर्य भएको प्रतिक्रिया दिएका छन्। नेम्वाङले मुख्य प्रशिक्षकले आफूलाई जोडेर राजीनामा दिन बाध्य भएको आक्षेप आगामी निर्वाचनको निम्ति षड्यन्त्र भएको र यसबारे अध्यक्ष कर्मा छिरिङ शेर्पालाई सत्य तथ्य छानबिनका लागि आग्रह गरेको बताए। उनले आरोप पुष्टि भए आफूले तत्कालै राजीनामा दिन तयार भएको प्रतिक्रिया दिए। अखिल नेपाल फुटबल संघले गत चैतमा कुवेतका प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक अल्मुताइरीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। 

एएफसी कोचिङ इन्स्ट्रक्टरसमेत रहेका अब्दुल्लाहलाई एन्फाले एक वर्षको लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएसँगै नेपालले कुवेतमा विश्वकप छनाेटका ३ खेल खेलिसकेको छ भने इराकसँग एक मैत्रीपूर्ण खेल पनि खेलेको छ।

साफ च्याम्पियनसिपलाई मध्य नजर गर्दै उनकै प्रशिक्षणमा नेपालले बन्द प्रशिक्षणमा रहेर तयारी गरिरहेको छ। यद्यपि, साफ च्याम्पियनसिपको आयोजना कहाँ हुने यकिन भइसकेको छैन।  
 

See More On

सुझावित समाचार