प्रबन्ध निर्देशक, रोयल
काठमाडौं हिमालय बेभरेज प्रालि
नेपाली बजारमा चार वर्षअघि साढे ४ सय रुपैयाँ पर्ने वाइनको मूल्य अहिले ८ सयदेखि ९ सय रुपैयाँमा बिक्री हुन्छ । अहिले विदेशबाट आयातीत वाइन र स्वदेशी वाइनको मूल्य बराबर हुन थालिसक्यो । यस्तो अवस्थामा आयातीत वाइनसँग स्वदेशी उत्पादनले कसरी प्रतिस्पर्धा गर्न सक्छ ? अहिले विदेशी वाइन ९ सयदेखि खरिद गर्न पाइन्छ । विदेशी वाइन र नेपाली वाइनको मूल्यमा ग्याप धेरै भएन । हामीले कसरी प्रतिस्पर्धा गर्ने त ?
उस्तै मूल्य भएपछि उपभोक्ताले विदेशी वाइन नै खरिद गर्ने धारणा बनाउँछन् । अस्ट्रेलियाबाट सस्तो मूल्यमै वाइन नेपाल आइपुग्दा स्वदेशी उद्योगलाई निरुत्साहित गर्ने काम भयो । सरकारको तर्फबाट मोनिटरिङ कम भएको हो कि ! सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकतामा नराखेको हो कि भन्ने अनुभव भएको छ ।
राज्यले स्वदेशी उत्पादनलाई संरक्षण र प्रवद्र्धन गर्नुपर्छ । वाइन स्वदेशी फ्रुट्सबाट बनाइन्छ । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नका लागि कर कम गर्न सकिन्छ । विदेशबाट आयात गरिने वाइनमा कर बढी लगाउन सकिन्छ । अहिलेको अवस्थामा कसरी उद्योग टिकाउने भन्ने चुनौती भयो । विदेशी र स्वदेशी वाइनबीच मूल्यको अन्तर बढी हुन आवश्यक छ । स्वदेशी उद्योगलाई अनुदान दिन सकिन्छ । सरकारले बजेट संशोधन गर्न लागेको भन्ने सुनिएको छ ।
राज्यले स्वदेशी उत्पादनलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्छ । वाइन स्वदेशी फ्रुट्सबाट बनाइन्छ । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नका लागि कर कम गर्न सकिन्छ । विदेशबाट आयात गरिने वाइनमा कर बढी लगाउन सकिन्छ ।
बजेट संशोधन गर्दा स्वदेशी वाइन उद्योगलाई फस्टाउने गरी नीतिगत व्यवस्था गरिनुपर्छ । यो बजेटमा स्वदेशी वाइनमा २० प्रतिशत कर बढाइएको छ । त्योभन्दा अगाडि ८० प्रतिशतभन्दा बढी कर बढेको थियो । मदिरामा औसत १० देखि २० प्रतिशत कर बढ्नु ठीक हो । तर, एकैपटक ठूलो आकारमा कर बढाउनुहुँदैन । हामीसँग कर कसरी बढाउने भनेर नीतिगत स्पष्टता पनि छैन ।
एक दर्जन वाइन इन्डस्ट्री
अहिले बजारमा ब्रान्डिङ गरेका प्रडक्ट हेर्दा झन्डै १०–१२ वटा वाइन इन्डस्ट्री रहेको अनुमान गर्न सकिन्छ । तर, डोमेस्टिक रूपमा पनि वाइन उत्पादन भइरहेको छ । हामीले उत्पादन गर्ने वाइनको गुणस्तर राम्रो छ । सरकारले दिएको गुणस्तर मापदण्ड पालना गरेरै वाइन उत्पादन गरिरहेका छौँ ।
हामीले पूर्ण अटोमेटिक मेसिनबाट विदेशी स्ट्यान्डर्डको वाइन उत्पादन गरिरहेका छौँ । वाइन निर्यात गर्न सक्ने क्षमतामै पुगिसकेका छौँ । हामीसँग स्केल अफ प्रडक्सन छ । वाइनको आन्तरिक माग पूरा गरेर बाहिर निर्यात गर्न सक्ने क्षमता छ । यदि, सरकारले सहयोग गर्ने हो भने नेपाली वाइन विदेश निर्यात गर्न सकिन्छ ।
स्वदेशी वाइनको खपत बढ्दै
अहिले बजारमा स्वदेशी वाइन छानी–छानी किनेर पिउन सकिन्छ । विदेशीभन्दा स्वदेशी वाइनको हिस्सा बढी होला । काठमाडौंजस्तो मार्केटमा विदेशी वाइन खाने संस्कृति छ । तर, अहिले उच्च तहका व्यक्तिहरूले पनि स्वदेशी वाइन पिउन थालेका छन् । अहिले वाइन बजारमा अनुमानित ६० प्रतिशत स्वदेशी र ४० प्रतिशत विदेशी वाइनको हिस्सा होला ।
वाइन लक्जरी र कल्चरल ड्रिंक्स भयो । वाइन परिवारका सबै सदस्य बसेर पिउने पेय हो ।
अहिले बजारमा ब्रान्डिङ गरेका प्रडक्ट हेर्दा झन्डै १०–१२ वटा वाइन इन्डस्ट्री रहेको अनुमान गर्न सकिन्छ । तर, डोमेस्टिक रूपमा पनि वाइन उत्पादन भइरहेको छ । हामीले उत्पादन गर्ने वाइनको गुणस्तर राम्रो छ ।
वाइनलाई मदिराको वर्गमै नराख्नुपर्ने हो । शुद्ध फलफूलबाट अर्गानिक तरिकाले बनाइएको वाइनलाई मदिराको वर्गमा राख्नुहुन्न । हामीले वाइन अर्गानिक प्रडक्ट हो भनेर स्पष्टीकरण पनि दिन सक्छौँ । हामी विदेशी वाइनसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छौँ । विभिन्न कार्यक्रम तथा गोष्ठीमा हाम्रो वाइन लगेर टेस्ट गराउँदा विदेशीहरूले पनि हाम्रो वाइन मन पराएका छन् । हामी वाइन उत्पादक एउटा रेन्जमा पुगेका छौँ । सरकारले संरक्षण र प्रोत्साहन गरेमा हामी धेरै अगाडि बढ्न सक्छौँ । राज्यले हामीलाई फस्टाउने वातावरण बनाइदिनुपर्छ ।
स्वदेशी उद्योगी र सरकारी निकायका बीचमा समय–समयमा छलफल तथा अन्तक्र्रिया हुनुपथ्र्यो । यसो गर्दा सरकारी निकायले स्वदेशी उद्योगका समस्याहरू के–के रहेछन् थाहा पाउँथे । स्वदेशी उत्पादनको संरक्षण तथा प्रवद्र्धनका लागि काम गर्न पनि सहज हुन्थ्यो । तर, छलफल तथा अन्तक्र्रिया भएकै छैनन् । कुनै माध्यमबाट सरकार र उद्योगीबीच छलफल तथा अन्तक्र्रिया कार्यक्रम भइरहेमा दुई पक्षबीच सकारात्मक धारणा बन्छजस्तो लाग्छ । लिकर्स व्यवसायीले आफ्ना कुराहरू राख्ने वातावरण बनाउनुपर्छ । यसतर्फ सरकारको ध्यानाकर्षण होस् । वाइनको आन्तरिक खपत बढाउँदै विदेशी निर्यात बढाउने गरी नीतिगत व्यवस्था र सहजीकरण गरिनुपर्छ ।