‘हेड काउन्ट’ नगर्न माग गर्दै जसपा महन्थ ठाकुर पक्ष सर्वोच्चमा

शुक्रबार, ८ साउन, २०७८
डिजिटल संस्करण

निर्वाचन आयोगले साबिककै कार्यकारिणी सदस्यलाई आयोगमा बोलाएपछि उक्त आदेशविरुद्ध महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत गएको छ। आयोगमा पार्टी आधिकारिकताको बहस सकिए पनि इजलासले सनाखतका लागि ११ गते ११ बजे नागरिकतासहित कार्यकारिणी सदस्यलाई बोलाएको थियो।

जसपा अध्यक्ष महन्थ ठाकुरका तर्फबाट प्रदीपकुमार पाठकले उक्त आदेशविरुद्ध रिट दायर गरेका हुन्। सर्वोच्चमा दायर गरिएको रिटमा निर्वाचन आयोगले जसपा दर्ता हुँदाका बखतका पदाधिकारी तथा कार्यकारिणी समितिका सदस्यको ‘हेड काउन्ट’ गरेर पार्टीको आधिकारिकता दिने भन्दै आयोगमा उपस्थितिका लागि दिएको आदेश बदर गर्न माग गरिएको छ।

See More On

सुझावित समाचार