बाढीको कहर : विद्यालय जोगाउन तटबन्ध निर्माण

बिहिबार, ७ साउन, २०७८
डिजिटल संस्करण

मनाङको सदरमुकाम चामेमा रहेको लोकप्रिय माविलाई बाढीबाट जोगाउन तटबन्ध निर्माण  गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय  बिहीबार बिहानदेखि तटबन्ध निर्माणमा जुटेको सशस्त्र प्रहरी बल नम्बर ३२ गुल्म मनाङका प्रमुख डिएसपी होमनाथ पन्थीले बताए ।

उनले भने, ‘मर्स्याङ्दी नदीको बहावलाई फर्काउन तटबन्ध निर्माण थालिएको हो ।’ मर्स्याङ्दी नदीले  धार परिवर्तन गरेपछि  लोकप्रिय माविको तीनवटा भवन बगाएको छ भने बाँकी रहेको भवनमा पनि कटान गरेको विद्यालयका शिक्षक सुरेश थापाले बताए ।

मनाङमा असार १ गतेदेखि निरन्तर आएको बाढीले  जनजीवन कष्टकर बनाएको छ । बाढीका कारण ४० दिनदेखि बिजुली आपूर्ति ठप्प भएको छ । बाढीले सडक र पुलसमेत बगाएपछि आवतजावतमा समस्या परेको स्थानीय अस्मिता गुरुङले बताइन् ।

See More On

सुझावित समाचार