खेल्ने क्रममा विवाद हुँदा सल्यानमा दाइले गरे भाइको हत्या

बुधबार, ६ साउन, २०७८
डिजिटल संस्करण

सल्यानमा दाइले भाइको हत्या गरेका छन् । मंगलबार राति घरायसी झगडा हुँदा बनगाड कुपिण्डे नगरपालिका– ५ निवासी १४ वर्षीय कपिल परियारले भाइ १३ वर्षीय सन्दीप परियारलाइ जुत्ता सिलाउने सियोले  बायाँ कानमुनि प्रहार गरेका थिए ।  घाइते सन्दीपको  उपचारका क्रममा आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिए ।  

सन्दीपको उपचारका क्रममा शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक सन्दीप र सियो प्रहार गर्ने कपिल भैरवी आधारभूत विद्यालयमा कक्षा ६ मा अध्यनरत  थिए । दुई दाजुभाइका छोराबीच  खेल्दाखेल्दै कुनै विषयमा विवाद भएपछि घटना भएको बुझिएको र आरोपित बालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले बताए । 
 

See More On

सुझावित समाचार