मटिहानीमा साप्ताहिक महाआरती प्रारम्भ

बुधबार, ६ साउन, २०७८
डिजिटल संस्करण

मटिहानी नगरपालिकास्थित पौराणिक र ऐतिहासिक महत्व बोकेको लक्ष्मीनारायण पोखरीमा साप्ताहिक लक्ष्मीनारायण भगवानको संध्या महाआरती शुभारम्भ भएको  छ । दुलहीजस्तै सिँगारिएको महाआरती स्थलमा आरती हेर्न हजारौँ स्थानीयको सहभागिता छ । 

करिब दुई करोडको लागतमा सौन्दर्यीकरण गरिएको लक्ष्मीनारायण पोखरीमा मंगलबार राति विधिपूर्वक विशिष्ट महाआरती प्रारम्भ भएको हो । मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलको महत्वाकांक्षी योजनाअन्तर्गत मटिहानीको धार्मिक र ऐतिहासिक महत्वलाई अझै फैलाई धार्मिक र पर्यटकीय आगन्तुक भित्र्याउने उद्देश्यका साथ सुरु गरिएको बताए । 
 
 

See More On

सुझावित समाचार