सीता दाहाललाई भेट्न खुमलटार पुगे प्रधानमन्त्री

मंगलबार, ५ साउन, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवा पुष्पकमल दाहाल प्रचण्डनिवास खुमलटार पुगेका छन् । उनी प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न खुमलटार पुगेका हुन् ।

सीता दाहाल लामो समयदेखि अस्वस्थ छिन् । देउवाले सीताको स्वास्थ्यलाभको कामना गरेका छन् । 

खुमलटारमा प्रचण्ड र देउवाबीच भेटवार्तासमेत भएको छ। मंगलबार बिहान पनि प्रचण्ड र देउवाबीच प्रधानमन्त्रीनिवासमा भेटवार्ता भएको थियो ।

सुझावित समाचार