एमाले केन्द्रीय कमिटी बैठक च्यासलमा, नौवटा एजेन्डामा छलफल

मंगलबार, ५ साउन, २०७८
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा जारी छ । ललितपुर च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा मंगलबार जारी बैठकमा बैठकमा नौवटा एजेन्डामा छलफल जारी रहेको केन्द्रीय सदस्य विशाल भट्टराईले जानकारी दिए ।

उनका अनुसार कार्यदलले तयार गरेको १०बुँदे साझा प्रस्ताव, सर्वोच्च अदालतको २८ असारमा गरेको फैसला, केपी ओली नेतृत्वको सरकारले गरेका काम, पार्टीको आगामी कार्ययोजना, पार्टी सुदृढीकरण र शुद्धीकरण अभियानलगायतका एजेन्डा छन् ।

जारी बैठकले पार्टी जीवनमा महत्वपूर्ण निर्णय लिने उनले बताए । बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका माधवकुमार नेपालसहित २२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाउने विषयमा समेत निर्णय लिने भएको छ । बैठकमा नेपाल पक्षका नेताहरू भने सहभागी छैनन् ।

सुझावित समाचार