लागुऔषध अफिमसहित अभियुक्त पक्राउ

सोमबार, ४ साउन, २०७८
डिजिटल संस्करण

प्रहरीले लागुऔषध अफिमसहित एक अभियुक्तलाई पक्राउ गरेको छ । मकवानपुर बकैया गाउँपालिका– ५ का ४४ वर्षीय रत्न भुलन पक्राउ परेका हुन् । 

उनको साथबाट प्रहरीले पाँच किलो सात सय ग्राम अफिम बरामद गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएका प्रहरी टोलीले उनलाई हेटौँडा– २ संगमचोकस्थित सडकबाट पक्राउ गरेको हो । 

प्रहरीका अनुसार उनले बरामद लागुऔषध झोलामा लुकाइ सडकमा हिँडिरहेको थिए । शंकास्पद देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । खनतलासी गर्ने क्रममा लागुऔषध  बरामद भएको प्रहरीको भनाइ छ ।
 

सुझावित समाचार