४३ ग्रेडको गुणस्तरसँगै रिद्धिसिद्धि सिमेन्टको योजना सुरु

सोमबार, ४ साउन, २०७८
डिजिटल संस्करण

रिद्धिसिद्धि सिमेन्टले नेपाल गुणस्तरको ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेको छ । नयाँ मापदण्ड प्राप्त गरेसँगै कम्पनीले अघिल्लो वर्ष ल्याएको ‘शिलान्यास रिद्धिसिद्धिसँग’ नामक अभियानलाई निरन्तरता दिएको छ । 

कम्पनीले गुणस्तरमा उपलब्धि हासिल भएपछि थप जिम्मेवारीबोधसहित यो योजना पुनः सुरु गरेको जनाएको छ । गुणस्तरीय निर्माणका लागि ग्राहकलाई सिमेन्टको प्रयोग पूर्ववैज्ञानिक तवरले भौतिक परीक्षण गरी विश्वस्त बनाउने उद्देश्यसहित योजनालाई निरन्तरता दिन लागेको कम्पनीको भनाइ छ । यो योजना कोभिड–१९ का कारण बीचमा स्थगित गरिएको थियो । 

परिस्थिति सामान्य भएपछि यसलाई निरन्तरता दिइएको कम्पनीको भनाइ छ । योजना पहिलो १ हजार उपभोक्तालाई मात्र लागू हुने र यसका लागि घर शिलान्यासको समयमा १ सय बोरा सिमेन्ट खरिद गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । 

सुझावित समाचार