नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको माओवादी केन्द्रमा मुख्य सचेतक देव गुरुङले नयाँ पत्रिकालाई बताए।
प्रधानमन्त्रीले आज संसदमा विश्वासको मत लिँदै छन्। त्यसका लागि संसद् सचिवालयमा देउवाले प्रस्ताव दर्ता गराइसकेका छन्। आज ४ बजे संसद् बैठक बस्दै छ।