फ्रन्ट पेज
जता माधव उतै नेपाल
– प्रधानमन्त्री र संसद्को भविष्य तय गर्न माधव नेपालको ‘पोजिसन’ नै निर्णायक
माधवका विकल्प
१. सिंगो समूह एकै ठाउँ
२. माधव समूहमा विभाजन
३. विश्वासको मतपछि एकता प्रयास
४. अध्यादेशपछि नयाँ पार्टी
– संसद्को अंकगणितमा यस्तो हुन्छ माधवको भूमिका
– केपी ओलीको दाउ
– शेरबहादुरका प्राथमिकता
– विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको योजना, उनले विश्वासको मत पाएनन् भने अहिलेको पाँच सदस्यीय मन्त्रिपरिषद् नै चुनावी सरकार बन्ने
दमकमा रंगशाला बनाउन आर्थिक प्रतिस्पर्धाविना नै साढे चार अर्बको ठेक्का दिने तयारी
– अख्तियार र सतर्कता केन्द्रले छानबिन गर्दै
– रंगशाला बनाउन करिब एक हजार आदिवासीको चिहान उधिनियो, तर ओलीले आयोजना नै गृहनगरमा सारे
– यही कम्पनीले ६ महिनामा सक्ने गरी ठेक्का लिएको पोखरा रंगशालाको काम २८ महिनामा बित्दा पनि पूरा गरेन
सेनामा दोस्रो महिला गुल्म पनि बनाइँदै
– झन्डै एक लाख दरबन्दी रहेको सेनामा पाँच हजार ६२ सैनिक महिला
– यसअघि गठन गरिएको १८८ सैनिक रहेको गोरखकाली गुल्ममा कामान्डरदेखि फलोअर्ससम्म महिला छन्, नयाँ गुल्ममा पनि १७५ सैनिक महिला रहने
६ वर्षको बच्चालाई ११ पाठ्यपुस्तक !
बालमनोविज्ञानको बेवास्ता : उमेर, रुचि, सक्षमता, मनोविज्ञानको मतलब छैन, आफूलाई फरक देखाउन बालबालिकालाई जथाभावी किताब लदाउँदै छन् निजी विद्यालय
पेज ३
चेपाङ बस्तीमा आगजनी : राहतको आसमै बित्यो एक वर्ष
– काजीमान प्रजा दम्पतीको गुनासो– हामीलाई घरवारविहीन बनाएर सरकारले माडीमा मन्दिर बनाएछ
– निकुञ्जले आगजनी गरेपछि कुसुमखोलाका नौ चेपाङ परिवार विस्थापित
– माडीमा ११ दिनमै अस्थायी राममन्दिर निर्माण
अफगानिस्तानमा तालिवान विद्रोहीको आतंक : नेपाली नागरिक सुरक्षित
लगातारको वर्षाले उठ्न छाड्यो काठमाडौंको फोहोर
– १६ वर्षसम्म पनि बन्चरेडाँडा ल्यान्डफिल साइट नबन्दा काठमाडौं उपत्यकामा दैनिक संकलन हुने १२ सय टन फोहोर व्यवस्थापनमा सधैँ सास्ती
पेज ४
बहस : पुरञ्जन आचार्यको दृष्टिकोण
बाई–बाई ओली, बधाई देउवा !
– ओली बालुवाटारबाट ‘बाई–बाई’ हुँदै गर्दा सरकारी निवास बालुवाटारमा झन्डै ट्रम्प–प्रवृत्तिको सानो झल्को दोहोरियो
– बाल्कोटको बार्दलीबाट ठोकेको नाजिवादी शैलीको भाषणबाट ‘बा’ ओलीले ताली त पाउन सक्छन्, तर पुनः बालुवाटार प्रवेश गर्न भने त्यो बाटोबाट सम्भव छैन
पेज ५
कृष्णज्वाला देवकोटाको फरक मत
अब त रोकिनोस् ‘बा’ !
– ओलीवरपर रहेका नेताहरूको व्यक्तित्व ठूलो क्षय भएको छ । अब उहाँ माधव नेपाल, शेरबहादुर वा प्रचण्डका लागि होइन, आफ्नै मान्छेका लागि रोकिनुपर्ने ठाउँमा हुनुहुन्छ ।
– राष्ट्रपतिले प्रधानमन्त्रीका हरेक कदमलाई निःसर्त मान्नुपर्छ भन्ने भाष्य तयार गर्दै आएका ओली कम्तीमा अब भने यो संस्थाको दुरुपयोग गर्न रोकिनुपर्छ
– ओलीको उदयअघि नेम्वाङ नेपाली अम्बेडकर र संविधानका आधिकारिक व्याख्याताको हैसियत राख्नुहुन्थ्यो । अहिले धूर्त मुस्कानले लाचारी छोपिरहेका दयनीय पात्र लाग्नुहुन्छ । संविधानका पिता हुनुपर्ने नेम्वाङलाई संविधानको पुस्तकसँगै डराउनुपर्ने कसले बनाइदियो ?
अर्थ पत्रिका
उद्धारका नाममा हिमालय एयरलाइन्सको लुट
– दुवै डोज खोप लगाएकाले क्वारेन्टिन बस्नुपर्दैन, तर क्वारेन्टिनका नाममा समेत रकम असुली, सामान्यभन्दा पाँच गुणा बढी मूल्यमा टिकट बिक्री
– पाँच गुणाभन्दा बढी मूल्यमा टिकट बिक्री गर्दै हिमालय एयरलाइन्स
खेलकुद
हरेराम खड्काको आरोहण अनुभव : सगरमाथा चढ्न ५२ दिन, झर्न तीन दिन
– सगरमाथा आरोहणमा करिब साढे २७ लाख खर्च भयो, कुल खर्चमध्ये १७ लाख सरसहयोगबाटै जुट्यो, अपुग १० लाख कर्जा लिएको थिएँ, त्यही कर्जा लिएको रकम चुक्ता गर्न अहिले फेरि सहयोग जुटाउन लागेको छु ।
विश्वभर साढे तीन अर्बभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप
– भारतमा आगामी सय दिन निकै जोखिमपूर्ण
– अमेरिका र युरोपमा संक्रमित फेरि बढ्न थाले
– एक सय ११ देशमा पुग्यो डेल्टा भेरियन्ट