बैठक रोक्न नमानेपछि नेपाल समूहका नेता बाहिरिए

शुक्रबार, १ साउन, २०७८
डिजिटल संस्करण

नेकपा एमालेको स्थायी कमिटी बैठकमा सहभागी भएका माधव नेपाल समूहका कार्यदल सदस्यहरू बाहिरिएका छन् । नेपाल समूहका कार्यदल सदस्यहरूले पार्टी एकतालाई अगाडि बढाउन बैठक स्थगित गर्न र कार्यदलले तयार पारेको १०बुँदे प्रस्तावमा छलफल गरेर अगाडि बढ्न आग्रह गरेका थिए । 

बैठकमा माधव नेपाल समूहका नेता भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे  सहभागी भएका थिए । अध्यक्ष केपी ओलीले बैठक रोक्न नमानेपछि आफूहरू बैठकबाट बाहिरिएको नेता भीम रावलले बताए ।

पार्टी एकता जोगाउन कार्यदलले तयार पारेको प्रस्तावको कार्यान्वयन गर्नुको कुनै विकल्प नभएको र त्यसका लागि आफ्नो समूह इमानदार रहेको नेता रावलले जानकारी दिए । 

पार्टी एकता जोगाउन अध्यक्षलाई गम्भीर र जिम्मेवार भएर प्रस्तुत हुनसमेत आग्रह गरिएको रावलले बताए । पार्टी स्थायी कमिटीको बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको थियाे । 

सुझावित समाचार