फ्रन्ट पेज
बालकोटमा पनि कमजोर छैनन् ओली
– बालुवाटारबाट बहिर्गमन भए पनि सिंहदरबारमाथि पर्याप्त दबाब बनाउन सक्ने शक्ति अझै ओलीसँग । राष्ट्रिय सभा, प्रतिनिधिसभा, सडक, राष्ट्रपति कार्यालय र संवैधानिक नियोगहरूको बलमा सरकारमाथि दबाब बढाउने ओली रणनीति
ओलीको ट्रस्टमा हदबन्दीभन्दा धेरै राखिएको ६९ रोपनी जग्गा जफत
– ऐनमा हदबन्दीभन्दा धेरै जग्गा राख्नेलाई एक हजारसम्म जरिवानाको व्यवस्था छ, तर ट्रस्टले निवेदन दिएको भन्दै जरिवाना गरिएन
सत्तारुढ गठबन्धनको पहिलो बैठक: विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार !
लुम्बिनीमा बजेट पारित हुन नसकेपछि मध्यराति संसद् अधिवेशन नै अन्त्य
– प्रदेश प्रमुख धर्मनाथ यादवद्वारा बिहीबार राति १२ बजेदेखि संसद् अधिवेशन अन्त्य
वर्षमा आठ करोड रुपैयाँका सिक्का बजारबाटै हराउँछन् नेपालमा
पृष्ठ ३
बैठकको प्रतीक्षामा संसद् भवन
– सर्वोच्च अदालतले प्रतिनिधिसभा दोस्रोपटक पुनर्स्थापित गरेसँगै आइतबार बैठक बस्दै, एक वर्षदेखि निष्क्रिय संसद्लाई सक्रिय र प्रभावकारी रूपमा सञ्चालन गरिने
आजदेखि सेनाको नयाँ संरचना : सबै पृतना खारेज, अब तीन जोड एक कमान्ड
पृष्ठ ४
डा. तारालाल श्रेष्ठको विचार : आन्दोलित भुटानी डायस्पोरा
– केही वर्ष छिन्नभिन्न भई हराएझैँ देखिएका भुटानी शरणार्थी पुनः संगठित भई भिन्न आन्दोलनमा उत्रिएका छन्
बहसमा सुजित महत : ओली र देउवामा फरक कति ?
– पटक–पटक परीक्षण भइसकेका पुरानै पात्रबाट नयाँ नतिजा अपेक्षा गर्नु मूर्खता नै भए पनि केपी ओली र शेरबहादुर देउवाबीच फरक छ
अर्थ पत्रिका
बैंकहरूको २९ करोड कित्ता प्रोमोटर सेयर पब्लिक हुन सक्ने
– बैंक स्थापना भएको १० वर्षपछि संस्थापक सेयरलाई सर्वसाधारणमा परिणत गर्न पाउने व्यवस्था बाफियामा छ, त्यसअनुसार १० प्रतिशत सेयर सर्वसाधारणमा परिणत गर्न पाइन्छ, राष्ट्र बैंकले पुनः एकपटक यो व्यवस्था कार्यान्वयन गर्न दिए करिब २९ अर्ब रुपैयाँ मूल्यको सेयर सर्वसाधारणमा परिणत हुनेछ
खेलकुद
आधा तलब घटाएर पनि मेसी बार्सिलोनामै रहने