साना हतियार र लागुऔषध तस्करी आरोपमा भारतीय नाइके पक्राउ

बिहिबार, ३१ असार, २०७८
डिजिटल संस्करण

विराटनगरकाे जोगबनी नाकाबाट लागुऔषध र साना हतियारको तस्करीमा संलग्न एक भारतीय नाइकेलाई प्रहरीले पक्राउ गरेको छ ।  बुधबार राति १० बजे खुला सिमानाको फाइदा उठाउँदै नेपाल प्रवेश गर्दै गर्दा  सशस्त्र प्रहरीको टोलीले एक थान पेस्तोल र लागुऔषधसहित नाइके भारतीय नागरिक ४१ वर्षीय पप्पुकुमार पटेललाई पक्राउ गरेको हो । 

भारत बिहार राज्यको अररिया जिल्ला जोगवनीनगर पञ्चायत– ९ इन्द्रनगर बस्ने नाइके पटेल सीमा क्षेत्रमा बसेर लामो समयदेखि लागुऔषध र साना हतियारको कारोबारमा संलग्न रहँदै आएको प्रहरीको दाबी छ । 

इलाका प्रहरी कार्यालय रानीका अनुसार पटेलले बोकेको झोलाभित्र एक थान कटुवा पेस्तोल, लागुऔषध एभिल दुई सय ९२ र लुपिजेसिक दुई सय ९५ एम्पुल तथा एउटा चक्कु र दुईवटा मोबाइल बरामद भएको छ । 

See More On

सुझावित समाचार