एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । बिहीबार बिहान नेपालनिवास कोटेश्वरमा भएको भेटवार्तामा विप्लवसहित स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोला पनि सहभागी थिए ।
यसअघि बुधबार साँझ यी दुई नेताले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग खुमलटार पुगेर भेटवार्ता गरेका थिए ।

नेपाल, विप्लव र बाँस्तोलाबीच छलफलकै बीचमा प्रचण्ड पुगेपछि थोरै समय चार नेताबीच अलग्गै भेट भएको र विप्लव बाहिरिएको नेपालका स्वकीय सचिव मोहन गौतमले बताए । विप्लव बाहिरिएपछि नेपाल र प्रचण्डबीच भेटवार्ता भएको उनले बताए ।