पब्लिक कम्पनी बन्यो नर्भिक हस्पिटल आइपिओ ल्याउने तयारी

बुधबार, ३० असार, २०७८
डिजिटल संस्करण

नर्भिक इन्टरनेसनल हस्पिटल प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रूपान्तरण भएको छ । अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रूपान्तरण गरेको हो ।

नेपालमा निजी क्षेत्रबाट स्तरीय स्वास्थ्य सेवाको जग बसालेको दाबी गर्ने नर्भिक अस्पतालले भविष्यमा आफ्नो सेवालाई विस्तार गर्ने र यो कार्यमा जनसहभागितालाई समेत सुनिश्चित गर्ने उद्देश्यले प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रूपान्तरण गरेको जनाएको छ ।

पब्लिक कम्पनी बनेसँगै अस्पतालको नाम ‘नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेड’ भएको जनाइएको छ ।  पब्लिक कम्पनीमा रूपान्तरण भएसँगै नर्भिकले भविष्यमा सर्वसाधारणका लागि प्राथमिक सेयर जारी गर्ने जनाएको छ ।

नर्भिक अस्पताल नेपालको सेयर बजारमा सूचीकृत हुने पहिलो अस्पताल तथा मेडिकल कलेज बन्ने गरी काम अगाडि बढेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए । 

सुझावित समाचार