युथ फोर्स सिरानेमुनि राखिएको खुकुरीजस्तै हो ः महेश बस्नेत (भिडियोसहित)

मंगलबार, २९ असार, २०७८
डिजिटल संस्करण

 नेकपा एमालेका नेता तथा युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले  युथ फोर्स किसानको घरको सिरानेमुनि राखिएको खुकुरीजस्तै भएको बताएका छन् । मंगलबार काठमाडौंमा बसेको युवा संघको बैठकले खारेज गरिएको युथ फोर्सलाई पुनः गठन गर्दै नेता बस्नेतले  एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएपछि त्यसको प्रतिकारका लागि युथ फोर्सलाई ब्युँताएको बताए ।

उनले भने,  ‘युथफोर्स फेरि जन्मिएको छ । युथफोर्स सिरानेमुनि राखिएको खुकुरीजस्तै हो किसानको घरको । र, अप्ठ्यारो पर्याे भने संकट पर्याे भने यसलाई फेरि निकालिनेछ भनेर हामीले भनेका छौँ । युथफोर्स अहिले जन्मिएको छ ।  यसले नेकपा एमालेको सिद्धान्त विचारको रक्षा गर्नेछ । जनताको बहुदलीय जनवादको प्रयोग गर्ने सन्दर्भमा, यसलाई रक्षा गर्ने सन्दर्भमा र यसलाई विस्तार गर्ने सन्दर्भमा यसले महत्वपूर्ण भूमिका खेल्नेछ । यसले आवाजविहीनहरूको आवाज उठाउन भूमिका खेल्नेछ ।’

सुझावित समाचार