सर्वोच्चको फैसलापछि ओलीले बोलाए स्थायी कमिटी बैठक, नेपाल पक्ष नजाने

सोमबार, २८ असार, २०७८
डिजिटल संस्करण
सर्वोच्चको फैसलापछि ओलीले बोलाए स्थायी कमिटी बैठक, नेपाल पक्ष नजाने

फाइल तस्बिर

सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । ओलीले प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा साँझ ५ बजे स्थायी कमिटी बैठक बोलाएका हुन । 

कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार माधवकुमार नेपालसहित स्थायी कमिटीका सबै सदस्यलाई बैठकमा आमन्त्रण गरिएको छ । 

तर, नेपाल पक्ष भने स्थायी कमिटी बैठकमा नजाने भएको छ । नेपाल समूहका एक कार्यदल सदस्यका अनुसार कार्यदलले सहमतिपत्र हस्तान्तरण गरिनसकेकाले बैठक स्थगित हुने बताए । 
 

सुझावित समाचार